Indrajatra ko lingo 1काठमाडौ। नेपालको राजधानी काठमाडौमा मनाइने लामो दिनको जात्रा इन्द्रजात्रा सुरु भएको छ। आइतबार विहान ८ बजेट १५ मिनेटको शुभसाइतमा काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याइएपछि ईन्द्रजात्रा सुरु भएको हो।

Pulukishiलिंगो गाड्ने चलन पृथ्वीनारायण शाहका जेठा छोरा प्रतापसिंह शाहको पालादेखि शुरु भएको मानिन्छ। काठमाडौको केन्द्रीय मानन्धर संघको अगुवाइमा भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो हनुमानढोकामा ठड्याउने चलन रहँदै आएको छ। आजैबाट ईन्द्रजात्राको विशेष आकर्षण मानिने पुलुकिसि र लाखेनाच पनि सुरु भएको छ।

एक सातासम्म चल्ने ईन्द्रजात्राको प्रमुख दिन पर्सि मंगलबार कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथ यात्रा गर्ने गरिन्छ। उक्त दिन राष्ट्रप्रमुखबाट पनि जात्रा अवलोकन गर्ने परम्परा रहेको छ।

Lakheप्रकाशन मिति–२०७४ साल भाद्र १८ गते आइतवार ।