काठमाडौं। ४५ औ विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा मंगलवार काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभागले विशेष कार्यक्रमको आयोजना गरेको छ। वातावरण सफाई संवन्धी विभिन्न संघ–संस्थाको विशेष सहभागितामा काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले वातावरणीय जागरण कार्यक्रम गरेको हो।

कार्यक्रममा वातावरणीय सरसफाईमा कार्यरत ७० भन्दा विभिन्न गैरसरकारी संघ–संस्था रहेको तथा १ अर्बभन्दा बढी लगानी रहेको जानकारी दिइएको छ। त्यसैगरेर, गैरसरकारी संघ–संस्थाका ३ हजारभन्दा बढी सफाईका कर्मचारी कार्यरत रहेको जानकारी पनि दिइएको थियो।

नीजि क्षेत्रका संघ–संस्थाको व्यापक साथ र सहयोगले काठमाडौं सफा र सुन्दर बन्ने क्रममा रहेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जोड दिएका छन्। काठमाडौंलाई सफा र सुन्दर बनाउन सूर्योदय अगाडि नै फोहर उठाउने कार्य प्रारम्भका दिनमा व्यापक जागरुकता आएतापनि पछिल्ला दिनहरुमा त्यो जागरुकतामा कमी आएको महशुश भएको मेयर शाक्यले भनेका छन्।

त्यो पहिलाको स्पीडमा कमी आउन नदिन काठमाडौं महानगरपालिकाले प्रेरित गर्न कुनै कसर वांकी नराखेको बताउंदै मेयर शाक्यले वातावरणीय सफाईमा कार्यरत सवै संघ–संस्थाहरुलाई काठमाडौंलाई सफा र सुन्दर बनाउन सहयोग गरिदिन आग्रह गरेका छन्।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने, वातावरण व्यवस्थापन समितिका संयोजक एवं वडा नंबर १२ का वडा अध्यक्ष विकास डंगोल र आयोजक काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन बिभागका विभागीय प्रमुख हरिकुमार श्रेष्ठ लगायतले काठमाडौं महानगरको वातावरणीय अवस्था र यसको समस्या समाधानको वारेमा वोलेका थिए।

कार्यक्रममा मेयर शाक्यले, परिवर्तन सन्देश नामक पुस्तक लोकार्पण पनि गरेका थिए। परिवर्तन सेवा प्रा.लि.ले तयार पारेको परिवर्तन सन्देश पुस्तकमा फोहोर व्यवस्थापनका सम्भावना र चुनौतीलाई क्षेत्रगत आयाम चित्रण गरिएका लेख समाबेश छन्।

यसअघि फोहोर व्यवस्थापनमा आवद्ध निजी तथा गैरसरकारी संघ संस्थाले राष्ट्रिय सभा गृहबाट निकालेको चेतनामुलक -याली भद्रकाली, सहिदगेट, सुन्धारा, नयाँ सडकहुँदै बसन्तपुर पुगेको थियो । -याली बसन्तपुर पुगेपछि महानगरका मेयर बिद्यासुन्दर शाक्यले वातावरणीय प्रदर्शनीको शुभारम्भ गरेका थिए।

एक पटक प्रयोग गरिसकेका सामानलाई फेरि प्रयोग गरेर तयार पारिएका सामान, यसरी सामान तयार पार्ने बिधि, फोहोर व्यवस्थापन गर्ने बिधि, घरको स्वच्छता कायम गर्ने बिधि, बोट विरुवाको बिक्री लगायत प्रदर्शनीमा राखिएका थिए। यो बर्षको विश्व वातावरण दिवस जुन ५ अर्थात जेठ २२ गते परेको छ।
प्रकाशन मिति–२०७६ साल जेठ २१ गते मंगलवार ।