काठमाडौंको शान तथा गौरब काष्ठमण्डप पूर्नरनिर्माणको बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यव्दारा निरीक्षण भ्रमण गरेकी छन्। काष्ठमण्डप पूर्नरनिर्माणको ९६ प्रतिशत कार्य सम्पन्न भएको अवसरमा आइतवार मुख्यमन्त्री शाक्यव्दारा निरीक्षण भ्रमण गरेकी हुन्।

विसं.२०७२ सालको महाभूकम्पको कारण ध्वंस्त बनेको काष्ठमण्डपलाई पुरानै आकार तथा स्वरुपमा पूर्नरनिर्माण कार्य भएको आफूले पाएको मुख्यमन्त्री शाक्यले भिजन संसार डटकमसंगको कुराकानीमा भनेकी छन्। पितापूर्खाको धरोहर अनि काठमाडौंको इतिहास वोकेको काष्ठमण्डप पूर्नरनिर्माण कार्यमा काष्ठमण्डप पूर्नरनिर्माण समिति र यसका संयोजक बागमती प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यको अहोरात्र कर्तव्यपरायण कार्यको पनि मुख्यमन्त्री शाक्यले दिल खोलेर तारिफ गरेकी छन्।

काष्ठमण्डप पूर्नरनिर्माण समितिका संयोजक एवम् बागमती प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यले काष्ठमण्डपको गौरबमय इतिहासलाई जगेर्ना गर्न पछिको पुस्ताले समेत सहज रुपमा यसको यथास्थितिको वारेमा जानकारी पाउने गरेर आफूहरुले बेग्लै भिजन तयार पारिसकेको बताएका छन्। विश्वविद्यालयहरुमा थेसिस गर्ने विद्यार्थीहरुको कौतुहलताको विषय वन्दैगएको काष्ठमण्डपका विषयमा आठजनालाई थेसिस लेख्दैगरेको पनि सांसद शाक्यले जानकारी दिएका छन्।

अवको केही महिना पश्चात मिति तोकेरै काष्ठमण्डप पूर्नरनिर्माण संपन्न घोषणा सहित ऐतिहासिक काष्ठमण्डपको उदघाटन हुने पनि सांसद शाक्यले बताएका छन्।

प्रकाशन मिति–२०७८ साल असोज ३१ गते आइतवार ।