काठमाडौं। काठमाडौंको शान तथा गौरबको प्रतिक काष्ठमण्डप पूर्नरनिर्माणको लागि काठमाडौं महानगरपालिकाले थप ५ करोड अनुदान सहयोग गरेको छ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नगद ५ करोडको चेक काष्ठमण्डप पूनर्रनिर्माण समितिका अध्यक्ष तथा ३ नंबर प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यलाई हस्तान्तरण गरेका छन्। काठमाडौंको न्यूरोड विशालबजार स्थित सासा व्याक्विटमा आयोजित कार्यक्रममा मेयर शाक्यले हस्तान्तरण गरेका हुन्।

यसअघि काठमाडौं महानगरपालिकाको रणनीतिक नेतृत्वमा सरकारी तथा नागरिक संघ संस्थाको सहभागितामा काष्ठमण्डपलाई छिटो, मौलिक स्वरुप र दिगो रुपमा पुनःनिर्माण गर्न ३ नंबर प्रदेशका लोकप्रिय सांसद राजेश शाक्य नेतृत्वको काष्ठमण्डप पूर्नरनिर्माण समिति र काठमाडौं महानगरपालिकाबीच सहमति भएपछि विसं.२०७५ जेठ २९ गते काम थालनी गर्न ५० लाख रुपैयाँ र त्यसै बर्षको असोज २७ गते थप ५ करोड रुपैयाँ उपलब्ध गराइएको थियो।

यसरी उपलब्ध गराइएको रकमबाट हालसम्म पूर्नरनिर्माणको करिब ५५ प्रतिशत काम समाप्त भएको जनाउँदै समितिबाट थप रकम माग भएपछि काठमाडौं महानगरपालिकाले बाँकी काम अघि बढाउन ५ करोड थप रकम उपलब्ध गराएको हो।

१९ करोड रकमको इष्टिमेट लागत अनुमान अनुरुप कार्यप्रारम्भ भएको भएतापनि आफूहरुले त्यो लागत रकमभन्दा कम रकममा काष्ठमण्डप पूर्नरनिर्माण गर्न अथक प्रयासमा रहेको जानकारी काष्ठमण्डप पूर्नरनिर्माण समितिका अध्यक्ष ३ नंबर प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यले भिजन संसार डटकमसंगको कुराकानीमा भनेका छन्।

चेक हस्तान्तरण कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यता तथा प्रतिनिधिसभाका सांसद कृष्णगोपाल श्रेष्ठ, ३ नंबर प्रदेशका अर्का लोकप्रिय सांसद डाक्टर अजयक्रान्ति शाक्यका साथमा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, वडा अध्यक्षहरु चीनकाजी महर्जन, मचाराजा महर्जन, बालकृष्ण श्रेष्ठ, नीलकाजी शाक्य, शशिलाल श्रेष्ठ, विकास डंगोल लगायतकाको विशेष आतिथ्यता रहेको थियो।

प्रकाशन मिति–२०७६ साल माघ ९ गते विहीवार ।