काठमाडौं। भिजिट नेपाल २०२० लाई लक्षित गरेर काठमाडौंमा इन्टरनेशनल मेयर सम्मेलन हुने भएको छ। काठमाडौं उपत्यकाका नगरपालिकाहरुको संगठन उपत्यका नगरपालिका फोरमले विसं.२०७७ सालको असोज २१ गतेदेखि २४ गतेसम्म इन्टरनेशनल मेयर सम्मेलन गर्ने भएको हो।

असोज २१ देखि २४ गतेसम्म चल्ले सम्मेलनका लागि २३० जना विभिन्न देशका मेयरहरुलाई निम्ता पठाइएको उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताएका छन्।

२३० जनालाई मेयर निम्ता पठाइए पनि त्यसको एक तिहाईमात्रै नेपाल आउने अपेक्षा गरिएको अध्यक्ष शाक्यको भनाई छ। भिजिट नेपाल २०२० लाई लक्षित गर्दै गर्न लागिएको सम्मेलनले २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा गर्न मद्दत पुग्ने मेयर शाक्यको जिकिर रहेको छ।

विभिन्न विषयमा कार्यपत्र प्रस्तुत भई समूहगत रुपमा छलफल हुने र काठमाडौं घोषणापत्र जारी गर्दै इन्टरनेशनल मेयर सम्मेलन समापन हुने मेयर शाक्यले बताए।
प्रकाशन मिति–२०७६ साल माघ १८ गते शनिवार ।