काठमाडौं। नेपाली चलचित्रका सदावहार सुपरस्टार अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्‍मी शाहविरुद्ध मुद्दा दर्ता गरेका छन्। अभिनेता केसीले शुक्रवार शाहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएको हो।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार अभिनेता केसीवाट अभिनेत्री शाहविरुद्ध मुद्दा दर्ता भएको छ। अब कारवाही प्रक्रिया अगाडि बढ्ने भएको छ। यता सामाग्रीकी आमा नेहा राज्यलक्ष्मी शाहले भने आफूहरुलाई मुद्दाबारे कुनै औपचारिक जानकारी नआएको बताएकी छन्।

यसअघि, अभिनेता केसीले नेपाल चलचित्र कलाकार संघमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथि झुटो आरोप लगाएको भन्दै छानविन गरिदिन उजुरी दिएका थिए। अभिनेता केसीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै अभिनेत्री शाहले सा सामाजिक सञ्जालमार्फत आरोप लगाएकी थिइन्।

त्यसपछि नायक केसी र नायिका शाह वीच सामाजिक सञ्जालमा दोहोरो दोहरी नै चल्दैआएको वर्तमान अवस्थामा अभिनेता केसीले अभिनेत्री शाहले आफ्नो मानहानी गरेको उजुरी कलाकार संघ हुंदै जिल्ला अदालत काठमाडौंसम्ममा उजुरी दिएका छन्। त्यसको छिनोफानो अव अदालतले नै गर्ने भएको छ।


प्रकाशन मिति–२०७७ साल साउन ९ गते शुक्रवार ।