काठमाडौं। विगत तीन हप्तादेखि जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा अर्थात लकडाउन भोलि भाद्र २५ गते विहीवार देखि शर्तसहित खुकुलो बनाएको छ। गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले शर्तसहित काठमाडौं उपत्यकाको लकडाउनलाई खुकुलो गर्ने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको बताएका छन्। दाहालले अब सर्वसाधारण आफैं पनि सचेत हुनुपर्ने तथा सामाजिक दूरी कायम गर्ने, गराउने विषय सबैको दायित्व हो भनेका छन्।

समाचार स्रोतका अनुसार भोलि भाद्र २५ गतेबाट सवारी साधनहरु जोर र विजोर नम्बरका आधारमा सञ्चालन हुनेछन् । निजी सबै र सार्वजनिक सवारीको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्नेछ। सवैखाले पसललाई पनि टाइमकार्ड अनुसार चलाउन पाउने भएको छ।
प्रकाशन मिति–२०७७ साल भाद्र २४ गते बुधवार ।