काठमाडौं। ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि काठमाडौं उपत्यकाका पेट्रोल पम्पमा सवारी साधनको घण्टौँ लाइन देखिएको छ। चालकले बुधबारदेखि आन्दोलन शुरु गर्दै ढुवानी रोकेपछि केही पेट्रोलपम्प बन्द भएको र केहीले मात्रै पेट्रोलियम पदार्थ बिक्री गरेपछि पेट्रोलपम्पमा सवारी साधनले घण्टौँ लाइन बस्नुपरेको हो।

चालकले विभिन्न माग गर्दै पेट्रोलियम पदार्थको ढुवानी रोकेपछि पेट्रोल पम्पलेसमेत भएको पेट्रोलियम पदार्थसमेत बिक्री नगरी बन्द गरेपछि अचानक अभाव चुलिएको हो। विहीवार बिहानैदेखि खुलेका अधिकांश पेट्रोलपम्पमा सवारी साधनको लामो लाइन देखिएको थियो। एकाएक फेरि पेट्रोलको अभाव हुने हो कि भन्ने आशंका सवैमा पाइएको छ।

संवन्धित निकाय नेपाल आयल निगम भने पेट्रालियम पदार्थको अभाव नभएको र चालकहरुको आन्दोलन र विदाको कारण त्यस्तो हुन गएको भन्छन्।


प्रकाशन मिति–२०७५ साल असोज ४ गते विहीवार ।