काठमाडौं। काठमाडौं उपत्यकामा चल्ने साझा यातायातका हरिया बसहरुमा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क सेवा प्रदान गरिएको छ। साझा यातायातवाट यात्रा गर्दा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई शुल्क लिने नगरेको खुलासा भएको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले साझा यातायातवाट यात्रा गर्ने ज्येष्ठ नागरिक तथा अपाङ्गहरुलाई निःशुल्क सेवा प्रदान गर्ने कार्यको शुरुवात गरेको बताएका छन्। काठमाडौं महानगरपालिका शहरी योजना आयोगले आयोजित वडा सदस्यहरु वीच आयोजित अन्तरक्रिया कार्यक्रममा मेयर शाक्यले उक्त जानकारी दिएका हुन्।

काठमाडौं महानगरपालिकाको सहकार्यमा साझा यातायात संचालन हुंदैआएको छ। महानगरको शोभा तथा शानको रुपमा काठमाडौं उपत्यकामा गुड्दैआएको हरिया साझा बसहरुमा ज्येष्ठ नागरिक तथा अपाङ्गहरुलाई निःशुल्क सेवा दिने काठमाडौं महानगरपालिकाको पहलवाटै भएको जिकिर पनि मेयर शाक्यको रहेको छ।

यात्रीहरुको मागमा बृद्धि हुंदैआएमा साझा यातायातलाई रातमा पनि संचालन गर्ने लक्ष्य रहेको पनि मेयर शाक्यले भनेका छन्। रात्रिबस संचालन गर्न कुनैपनि कुरावाट असहज नभएको र सुरक्षाको दृष्टिकोणले पनि सरल भएतापनि यात्रुको कमीले गर्दा अलि कठिन भएको मात्र भएको ठहर पनि मेयर शाक्यको भनाई रहेको छ। तरपनि, चांडै नै रात्रिबस संचालन गर्ने तयारी पनि भैरहेको मेयर शाक्यले भनेका छन्।
प्रकाशन मिति–२०७५ साल पुस २४ गते मंगलवार ।