काठमाडौं। नेपालको राजधानी काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज आइतवार बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज आइतवार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलब ९ डिग्री सेल्सियस मापन गरिएको छ। शनिबार काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलब ४ डिग्री सेल्सियस थियो।

मौसमविद् समीर श्रेष्ठका अनुुसार रातको समयमा आकाश खुला भए तापक्रम घट्ने र बदली भए तापक्रम बढ्ने हुन्छ। आंशिक प्रभावका कारणले देशको पूर्वी तथा मध्य भू–भागमा सामान्यदेखि पूर्णतया बद्ली भई केही क्षेत्रमा हल्का वर्षा हुने र उच्च हिमाली भू–भागमा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

पश्चिमी क्षेत्रमा आंशिकरुपमा बद्ली भई एक÷दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ। राति देशको पूर्वी भू–भागका केही स्थानमा तथा मध्यपहाडी भू–भागमा आंशिक बद्ली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै सोमबार पूर्वी पहाडी भू–भागमा आंशिक बद्ली भई बाँकी भू–भागमा मौसम सफा रहनेछ। मङ्गलबार पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशन मिति–२०७५ साल पुस २९ गते आइतवार ।