काठमाडौं। ललितपुरको बगलामुखी केन्द्रविन्दु भएर आज बुधबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार दिउँसो साढे ४ बजे ३.५ रेक्टरको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाको प्राय स्थानमा महसुस गरिएको थियो । सानो म्याग्नीच्युडको भूकम्प भएपनि केन्द्रविन्दु नजिक भएकाले धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाको भनाई रहेको छ।
प्रकाशन मिति–२०७७ साल साउन २१ गते बुधवार ।