Photo Modeling SABINA KARKI (Vetran Singer of Nepal)

काठमाडौं। काठमाडौ उपत्यकामा जारी लकडाउन असार ८ गते मंगलवारवाट केही खुकुलो बनाएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकवाट मंगलवारवाट जारी लकडाउनलाई केही खुकुलो गरेर जनजीवन सहज वनाउने निर्णय गरेको हो।

जसअनुसार, निजी सवारी साधन जोरबिजोर प्रणालीका आधारमा सञ्‍चालन हुने भएको छ। यस्तै फेन्सी, सपिङ मललगायत तयारी पोसाक र अन्य व्यवसायका लागि बार अनुसार सञ्‍चालन गर्न दिइने भएको छ। आइतबार, मंगलबार र बिहीबार एक चरणमा र सोमबार, बुधबार र शुक्रबार अर्को चरणमा गरी फेन्सी, सपिङ मललगायत तयारी पसललाई दिन बिराएर सञ्‍चालन गर्न दिइने छ।

त्यस्तै सबै खालका निजी सवारी साधन जोरबिजोरबाट सञ्‍चालन हुन पाइने छ। जनस्वास्थ्यका मापदण्ड पालना गरेर ट्याक्सी निर्वाध सञ्‍चालन गर्न दिइने बताए पनि जोरबिजोरअन्तर्गत नै राखिएको छ। शैक्षिक संस्थाबाहेक सबै किसिमका सरकारी कार्यालय न्यूनतम जनशक्ति राखेर खुला गरिने छ। कोरोना महामारीको जोखिम र आमजनसमुदायको जीविकोपार्जनलाई समेत ध्यानमा राखेर लकडाउनलाई खुकुलो बनाइएको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन्।

प्रकाशन मिति–२०७८ साल असार ६ गते आइतवार ।