काठमाडौं। कोरोना संक्रमणमा दिनानुदिन बृद्धि भएपछि काठमाडौं उपत्यकामा कडाइ गरेको छ। कोरोना संक्रमणलाई फैलिन नदिनका लागि उपत्यकामा कडाइ गरेको हो।

जसअनुसार, काठमाडौँ उपत्यकामा बिहीबारदेखि राति ८ बजेपछि अत्यावश्यक वाहेकका सवारी साधन आवागमनमा रोक लगाइएको छ। काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेका हुन् ।

रातको समयमा पैदल यात्राका लागि भने प्रशासनले कुनै रोकतोक लगाएको छैन् । निजी तथा सार्वजनिक सवारीमा रोक लगाए पनि पैदलयात्रुका लागि भने प्रशासनले भीडभाड नगरिकन आवागमन गर्न पाइने भनेको छ।
प्रकाशन मिति–२०७८ साल साउन २८ गते विहीवार ।