काठमाडौं। कोरोना कहरका कारण जारी लकडाउन खुकुलो वनाएपनि सार्वजनिक यातायातमा जोर–विजोर लागूगरेतापनि केही दिनयता जोर–विजोर पालना नगरेपछि काठमाडौं उपत्यकामा भीडभाड बढ्न थालेको छ। काठमाडौं उपत्यकाको मुख्य–मुख्य चोकमा कार्यालय समयमा सवारी जाम हुन थालेपछि जोर बिजोर प्रणालीलाई मंगलवारवाट थप कडाइ गरिएको छ।

स्थानीय प्रशासनले जारी गरेको जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाइएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम प्रसाद ढकालको भनाई छ। काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागु हुनेगरी काठमाडौं, भक्तपुर र ललितपुरमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका थिए।

मंगलबार ट्राफिक प्रहरी महाशाखाले निर्णय मिचेर चलाइएका ८ सय २५ सवारी साधानलाई होल्ड गरेको छ। तीमध्ये ६ सय ८३ वटा मोटरसाइलक र स्कुटर छन्। होल्ड गरिएका सवारी साधनको धनीहरुलाई एकपल्टलाई सम्झाई–बुझाई साँझतिर छाड्ने गरेको छ। अव उप्रान्त कारवाही स्वरुप जरिवाना नै गर्ने भनिएको छ।
प्रकाशन मिति–२०७७ साल असोज १३ गते मंगलवार ।