काठमाडौं। नेपालकी चर्चित नायिका तथा मोडल क्षितिजा शाक्यको बुटिक शुभारम्भ भएको छ। काठमाडौंको सुन्धारास्थित काठमाडौं मलको चौथो तल्लामा नायिका शाक्यको क्षितिजा अपारेल नामक बुटिकको शुभारम्भ भएको हो।

नेपालकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरले शनिवारको शुभमुहर्तमा नायिका शाक्यको क्षितिजा अपारेल बुटिकको रिबन काटे्र शुभारम्भ गरेकी थिइन्।

नायिका मानन्धरका साथमा नेपालको पहिलो रंगीन चलचित्र कुमारीकी नायिका चैत्येदवी सिंह, हाँस्य सम्राज्ञी अभिनेत्री बसुन्धरा भुसाल लगायतको विशेष आतिथ्यतामा नायिका शाक्यको बुटिक भव्य रुपमा उदघाटन भएको हो।

विगत एक दशक देखि बुटिक व्यवसाय गर्दैआएकी नायिका शाक्यले यसअघि न्यूरोडमा बुटिक खोलेकी थिइन्।


प्रकाशन मिति–२०७५ साल असोज १३ गते शनिवार ।