काठमाडौं। नेपालमा पनि महिला तथा पुरुष एकैथलोमा बसेर हेयर स्टाइल बनाउने तथा कपाल काट्ने युनिसेक्स सैलुनको विकास धमाधम भएको छ। युनिसेक्स सैलुनहरुमा केटा र केटी निर्धक्क एकैस्थानमा बसेर मज्जाले हेयर स्टाइल बनाउने देखि हेयर मसाज, स्ट्रेट लगायत संपूर्ण व्युटी स्टाइल पार्नेहरुको घुइँचो यस्ता युनिसेक्स सैलुनहरुमा पाइएको छ।

यिनै सैलुनको माग बमोजिम प्रोफेसनल व्युटीसियन लक्ष्मी मल्ल ठकुरीले काठमाडौंको सुन्धारा स्थित कर्मचारी संजय कोष भवनको काठमाडौं मलको चौथो तल्लामा लक्ष्मी व्युटी स्टुडियो र युनिसेक्स सैलुनको शुभारम्भ गरेकी छन्। नेपाली सेलिब्रेटीहरु नायक धीरेन शाक्य, अभिनेता रविन्द्र खड्का र नायिका तथा मोडल क्षितिजा शाक्यको प्रमुख आतिथ्यतामा उक्त युनिसेक्स सैलुनको उदघाटन गरिएको हो।

१३ बर्ष लामो अनुभववाट यो सैलुनको काठमाडौं मलको चौथो तल्लाको पसल नंबर ४२८ मा स्थापना गरिएको पनि प्रोफेसनल व्युटीसियन लक्ष्मी मल्ल ठकुरीले भिजन संसार डटकमलाई बताएकी छन्।

प्रकाशन मिति–२०७५ साल असोज ५ गते शुक्रवार ।