काठमाडौं। काठमाडौं महानगरपालिकाको एक मात्र महिला वडा अध्यक्ष शोभा सापकोटाको अगुवाईमा रहेको १४ नंबर वडा कार्यालयले बरिष्ठ ज्येष्ठ नागरिकहरुको विशेष सम्मान गरेको छ। ८० बर्ष पुगेका पुरुष र ७५ बर्ष पुगेका महिला ज्येष्ठ नागरिकहरुलाई विशेष भत्ता सहित सम्मान गरेको हो।

असक्त ज्येष्ठ नागरिकहरुलाई घर–घरैमा पुगेर वडा अध्यक्ष सापकोटा आफै पुगेर विशेष सम्मान तथा भत्ता वितरण गरेकी थिइन्। अन्य आम बरिष्ठ ज्येष्ठ नागरिकहरुलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा विशेष ज्येष्ठ नागरिक भत्ता सहित सम्मान गरिएको हो।

कलंकीको रिचमण्ड कलेजमा भएको विशेष भत्ता वितरण कार्यक्रममा वडा नंबर १४ का बरिष्ठ ज्येष्ठ नागरिकहरुको बांक्लै उपस्थिति देखिएको थियो। स्वास्थ्य शिविरका साथमा भएको विशेष भत्ता वितरण कार्यक्रममा १४ नंबर वडामा सुचिकृत भएका ३७५ जना जेष्ठ नागरिकले सुविधा प्राप्त गरेका थिए। ७५ वर्ष कटेका महिला र ८० वर्ष कटेका पुरुष जेष्ठ नागरिकलाई वार्षिक १२ हजारका दरले विशेष भत्ता वितरण गरिएको थियो।


प्रकाशन मिति–२०७६ साल असार १६ गते सोमवार ।