काठमाडौं। लामो समयदेखि कर्मचारीले एकछत्र राज गर्दैआएको काठमाडौं महानगरपालिकाको प्रवक्तामा बल्ल जनप्रतिनिधिले जिम्मेवारी पाएको छ। काठमाडौं महानगरपालिकाको प्रवक्ताको जिम्मेवार आइतवारवाट निर्वाचित जनप्रतिनिधि ईश्वरमान डंगोललाई दिएको छ।

काठमाडौं महानगरपालिकाको आइतवार बसेको कार्यपालिका बैठकले प्रवक्तामा सूचना प्रविधि समितिका संयोजक समेत रहेका डंगोललाई प्रवक्ताको जिम्मेवारी दिएको हो। नव–नियुक्त प्रवक्ता काठमाडौं महानगरपालिका वडा नंबर १५ का अत्यन्त चर्चित अनि लोकप्रिय वडा अध्यक्ष हुन्।

वडा नंबर १५ को सम्रग विकासमा समर्पित रहदैआएका वडा अध्यक्ष डंगोलले अव काठमाडौं महानगरपालिका भित्र भएगरेका संपूर्ण गतिविधि तथा समाचारको अपडेट एकव्दार नीति अनुरुप दिने गहन जिम्मेवारी पाएका छन्। जुन जिम्मेवारीलाई सफलतापूर्वक निभाउंदै जाने प्रतिबद्धता भिजन संसार डटकमंसंगको कुराकानीमा जनाएका छन्।

अव काठमाडौं महानगरपालिका संवन्धित कुनैपनि सूचना तथा जानकारी लिनु परेमा प्रवक्ता डंगोलसंग लिनु पर्ने पनि महानगरपालिकाले जनाएको छ।
प्रकाशन मिति–२०७५ साल मंसिर २४ गते सोमवार ।