काठमाडौं। स्थानीय निर्वाचनमा चासोको मुख्य विषय रहेको काठमाडौं महानगरपालिकाको दिउंसो २:२१ बजेसम्मको मतगणनाको परिणाम अनुसार नेकपा एमालेलाई पछि पारेर स्वतन्त्रका उम्मेदवार बालेन साहले अग्रता लिएको छ।

सूर्यध्वजावाहक नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले ४१५ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ३०७ मत प्राप्त गरेकी छन्।

स्वतन्त्र उम्मेदवार बालेन साहले ५६८ मत हासिल गरेको राष्ट्रिय सभागृहवाट भिजन संसार डट्कमका शुभचिन्तक राजीब श्रेष्ठले टिपाएका छन्। यो मत परिणाम काठमाडौं महानगरपालिका वडा नंबर १ र ३२ को मतगणनावाट आएको हो।
प्रकाशन मिति–२०७९ साल बैशाख ३१ गते शनिवार ।