काठमाडौं। काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग, ववरमहलमा कार्यरत नायव सुव्वा (पाँचौ तह) कृष्णप्रसाद सोतीले सेवाग्राहीसंग घुस लिइरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ परेको छ। सोमवार ववरमहलस्थित कार्यालय परिसरवाटै कम्प्युटर अप्रेटरको कार्यगर्दैआएका नायव सुव्वा सोतीलाई पक्राउ गरेको हो।

अख्तियार अनुसन्धान आयोग टंगालका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार नायव सुब्बा सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभाग मार्फत कायान्वयनमा आएको रकमको कार्य सम्पादन गरी रकम भुक्तानी गरेवापत घुस–रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज नायव सुब्बा (पाचौ तह) कृष्ण प्रसाद सोतीलाई सेवाग्राहीसँग रू.१,०७,०००।– (अक्षरुपी एक लाख सात हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित निजकै कार्यलय परिसर बरमहलबाट रङ्गेहात नियन्त्रणमा लिईअनुसन्धान भइरहेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छुट्याएको अनुदानको रकममा भाग खोजेपछि उनी उक्त रकम सहित पक्राउ परेको अख्तियारले जनाएको छ। पर्यटन प्रबद्र्धनका लागि मन्त्रालयले एक गैरसरकारी संस्थालाई छुट्याएको रकममा कमिसन मागेको सूचना एवं उजुरीअख्तियारले पाएपछि सोती पक्राउ परेको हो। मन्त्रालयबाट स्वीकृत कार्यक्रम सकिएर बिल फछ्र्यौट गर्ने वेलामा नासु सोतीले रकम मागेको बुझिएको छ। 

प्रकाशन मिति–२०७६ साल असार ३० गते सोमवार ।