काठमाडौं। काठमाडौं महानगरपालिकाले ७५ जना मेलमिलापकर्ता तयार पारेको छ। उनीहरुलाई २४ दिन तालिम दिएर तयार पारेको हो। अव ती तालिमप्राप्त ७५ जना मेलमिलापकर्ताहरु काठमाडौं महानगरपालिकाका ३२ वटै वडा कार्यालयहरुमा खटिने भएको जानकारी काठमाडौं महानगरपालिका मानव संशाधन विभागकी अधिकृत सन्तु श्रेष्ठले दिएकी छन्।

ती तालिम प्राप्त ७५ जनालाई बुधवार आयोजित कार्यक्रममा प्रमाण–पत्र वितरण गरिएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उनीहरुलाई प्र्रमाण–पत्र वितरण गर्नुको अलावा शपथ ग्रहण पनि गराइएको छ। मेयर शाक्यले स्थानीय तहका विवादलाई निरुपण गर्नका लागि अव मेलमिलापकर्ताले गर्ने बताएका छन्।

उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले तालिमप्राप्त मेलमिलापकर्तालाई प्रत्येक वडामा खटाएर स्वच्छ ढंगले न्याय दिलाउन काठमाडौं महानगरपालिका प्रतिबद्ध भएको बताइन्। उक्त कार्यक्रममा काठमाडौं महानगरपालिकाका कानून विभाग प्रमुख बसन्त आचार्यव्दारा लिखित मेलमिलाप पुस्तक समेत विमोचन गरिएको थियो।

Photo By-Nripendra Lal Shrestha
प्रकाशन मिति–२०७६ साल भदौ ५ गते विहीवार ।