काठमाडौं। काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अपिल जारी गरेका छन्।

अपिलमा कोरोनाभाइरसको संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२)लाई जनशक्ति र सामग्रीसहित तयारी अवस्थामा राखिएको उल्लेख छ।

काठमाडौँ महानगरपालिकाको टोलफ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ। कोरोना संक्रमणको आशंका भएमा काठमाडौँ महानगरपालिकाको टोलफ्रि नम्बर ११८० तथा अन्य सिधा सम्पर्क नम्बरहरु ९८४९८६०५४७, ९८४९८५६६७१, ९८४९८५६६७२ मा खवर दिने तथा सूचना दिने व्यवस्था समेत मिलाइएको छ विज्ञप्तिमा जनाइएको छ।
प्रकाशन मिति–२०७६ साल चैत ११ गते मंगलवार ।