काठमाडौं। स्थानीय निर्वाचनमा चासोको मुख्य विषय रहेको काठमाडौं महानगरपालिकाको दिउंसो १ः२१ बजेसम्मको मतगणनाको परिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ।

सूर्यध्वजावाहक नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले १०९ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ९७ मत प्राप्त गरेकी छन्।

स्वतन्त्र उम्मेदवार बालेन साहले ५७ मत हासिल गरेको राष्ट्रिय सभागृहवाट भिजन संसार डट्कमका शुभचिन्तक राजीब श्रेष्ठले टिपाएका छन्।
प्रकाशन मिति–२०७९ साल बैशाख ३१ गते शनिवार ।