काठमाडौं। नेपालको पहिलो जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले निःशुल्क कोरोना परीक्षण गराउने भएको छ। जनहितलाई ध्यान दिएर काठमाडौं महानगरपालिकाले मंसीर ७ गते आइतबारदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने काम पुनः शुरु गर्ने भएको जनाएको छ।

शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र पञ्चायत कालमा बामपन्थी मसिहा नै मानिएका अत्यन्त लोकप्रिय नेता पदमरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आइतवार देखि पुनः स्वाब संकलनको कार्य सुचारु गरेर महानगरवासीलाई सहजता दिने कार्य गर्न लागेको खुलासा गरेका छन्।

मेयर शाक्यले कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र ज्येष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको पनि बताएका छन् । कन्ट्याक टेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गरेका छन्।


प्रकाशन मिति–२०७७ साल मंसीर ६ गते शनिवार ।