काठमाडौं। सांस्कृतिक अभियन्ता, लिपी क्वीन तथा पूर्व मिस नेवाः सुनिता डंगोल देश कै सवभन्दा ठूलो र जनताको सबैभन्दा मनपर्ने नेकपा एमाले पार्टीको तर्फबाट काठमाडौ महानगरपालिकाको गौरबशाली उप मेयरको उम्मेदवार बनेकी छन्। उपमेयरकी उम्मेदवार डंगोललाई जीत सहितको हार्दिक बधाई तथा शुभकामना दिनेहरुको ओइरो लागेको छ।

युवालाई विश्वास गरि प्रोत्साहन सहित उम्मेदवार बनाएकोमा नेकपा एमालेलाई धन्यवाद दिनेको पनि कमी छैन् । नेकपा एमालेले युवालाई यो एउटा ठूलो सुवर्ण अवसर र उपहार दिएको छ भन्ने आफूलाई लागेको इजरायलका लागि पूर्व नेपाली राजदूत तथा नेपाली परराष्ट्रविद डा.अञ्जान शाक्यको ठहर रहेको छ। अब यसबाट युवाहरू उत्प्रेरित हुने विश्वास पनि डा.शाक्यले गरेकी छन्।

यसैवीच, उपमेयरकी उम्मेदवार डंगोल यसअघि स्वतन्त्र रुपमा आठ खम्बे घोषणा पत्र सहित मेयरको उम्मेदवारमा उम्मेदवारी घोषणा गरेकी डंगोलले एकाएक नेकपा एमालेवाट उपमेयरको पदमा उम्मेदवारी दिएको रहस्यको पर्दाफास गरेकी छन्। डंगोलले पदलाई भन्दा आफ्नो लक्ष्यलाई ठूलो ठान्दै नेकपा एमालेबाट उपमेयर बनेकी प्रष्ट पारेकी छन्।

‘ मैले मेयर पदमा उम्मेदवारी घोषणा गर्दै गर्दा पनि युवाको आवाज बुझ्ने, सांस्कृतिक–सामाजिक अभियन्ताको आवाज बुझ्ने दलसँग सहकार्य गर्न सकिन्छ भन्दै साना ठूला पार्टीसँग मेरो निरन्तर रूपमा सम्पर्क भइरहेको तथ्य प्रष्ट भनेकी थिएँ। यो दौरानमा मैले विज्ञताको कदर गर्ने, अनुभवीहरूलाई सम्मान गर्ने र युवाका आवाजलाई समेटेर समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने प्रष्ट लक्ष्य सहित अघि बढेको तथा जनताको लोकप्रिय पार्टीका रूपमा नेकपा (एमाले)लाई पाएँ,’ उनको भनाइ छ।
बाँकी यो विज्ञप्तिमा डंगोलले यसो भनेकी छन्–

प्रकाशन मिति–२०७९ साल बैशाख १२ गते सोमवार ।