काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १५ मा राहत वितरण गर्ने मोडालिटीमा परिवर्तन गरिएको छ। विपन्न तथा ज्यालादारी मजदुरहरुलाई राहतको नाममा राहत मात्र वितरण गर्ने तथा निःशुल्क भोजन गराउने कार्यलाई बन्द गरेर श्रममा आधारित राहत प्रदान गर्ने कार्य आज शनिवारवाट काठमाडौ महानगरपालिका वडा नंबर १५ ले गरेको छ।

नयाँ मोडालिटी अनुसार, श्रममा आधारित राहत प्रदान गर्ने नमूना योजना अनुरुप आज शनिवारवाट श्रममा आधारित राहत वितरण गर्ने कार्य भएको काठमाडौं महानगरपालिका वडा नंबर १५ का लोकप्रिय वडा सदस्य निमा तामाङले भिजन संसार डटकमलाई बताएका छन्। आज १५ जनालाई श्रम गर्न लगाएर राहत प्रदान गरिएको जानकारी पनि वडा सदस्य तामाङको भनाई छ।

विहान ६ बजेदेखि ११ वजेसम्म श्रममा लगाएपछि फर्कने बेला १० किलो चामलसहितको राहत प्याकेट प्रतिव्यक्तिलाई प्रदान गर्ने नौलो कार्यको शुरुवात काठमाडौं महानगरपालिकाका वडाहरुमा श्रममा आधारित राहत दिने पहिलो कार्य वडा नंबर १५ ले नै गरेको जानकारी पनि वडा सदस्या तामाङले दिएका छन्। यसअघि, काठमाडौं महानगरपालिकामा सवैभन्दा पहिला निःशुल्क भोजन गराउने वडाको रुपमा पनि १५ नंबर वडा नै रहेको थियो।

श्रममा आधारित राहत कार्यक्रममा वडा नंबर १५ ले आज शनिवार विशेष गरेर स्वयम्भु, डल्लु वरपरका ऐतिहासिक ढुंगेधारा, पार्क लगायतका स्थानहरुमा सरसफाई गर्ने कार्य गर्न लगाएको थियो। त्यसरी श्रममा आधारित राहत कार्यक्रममा नाम लिष्ट अनुसार पालैपालो गरेर श्रम गराउने र आज श्रम गर्नेको पालो हप्तादिनमा फेरि आउने जानकारी पनि वडा सदस्य तामाङले वताएका छन्।


प्रकाशन मिति–२०७७ साल जेठ १० गते शनिवार ।