काठमाडौं। ७५ बर्ष तथा ७५ बर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई बर्षमा एक पटक विशेष भत्ता प्रदान गर्ने कार्य भएको छ। काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्ने ७५ बर्ष तथा ७५ बर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई बार्षिक विशेष भत्ता प्रदान गर्ने कार्य भएको हो।

विशेष भत्ता स्वरुप नगद १२ हजार सहित फलफूल प्रदान गर्ने कार्य काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायतका जनप्रतिनिधिहरु घरदैलोमा पुगेर वितरण गर्ने कार्य भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ४ देखि १५, १८ लगायतका वडाहरुमा मेयर शाक्य आफै पुगेर विशेष भत्ता वितरण गर्ने कार्य गरेका छन्। अन्य वडाहरुमा संवन्धित वडाका वडा अध्यक्ष तथा महिला वडा सदस्यहरुले प्रदान गरेका छन्।

काठमाडौँ महानगरपालिकाका मेयर शाक्यले आफ्नो चुनावी घोषणपत्र अनुसार नै आफू निर्वाचित भएर आएपछि महानगरपालिका भित्रका ७५ वर्ष पुगेका जेष्ठ नागरिक महिला र ८० वर्ष पुगेका जेष्ठ नागरिक पुरुषलाई वरिष्ठ जेष्ठ नागरिक भत्ता दिने घोषणा गरेका थिए ।

महानगरपालिकाले अघिल्लो वर्षको नीति तथा कार्यक्रम र बजेटमै गरेको व्यवस्था अनुसार २०७७ फागुन मसान्तसम्म ७५ पुगेका महिला–पुरुष दुबै जेष्ठ नागरिकलाई वार्षिक १२ हजार भत्ता एकमुष्ठ दिदैँ आएको छ। यो वर्ष मात्रै काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका ३२ वटै वडाका ११ हजार २ सय ७६ जनालाई वरिष्ठ जेष्ठ नागरिक विशेष भत्ता उपलब्ध गराएको छ।
प्रकाशन मिति–२०७८ साल असार १२ गते शनिवार ।