काठमाडौं। धुलो तथा हिलो मुक्त काठमाडौं महानगरको सुन्दर कल्पनालाई साकारता प्रदान गर्ने कार्यमा इटालीवाट ल्याइएका पाँचवटा ब्रुमरले केही हदसम्म सहयोगी भूमिका निर्वाह गर्ने भएको छ।

महानगरलाई धुलो मुक्त बनाउने ती पाँचवटा ब्रुमर संचालनको शुभारम्भ भएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठवाट संयुक्त रुपमा ब्रुमर संचालनको शुभारम्भ भएको हो।

पाँचवटा ब्रुमर राति ८ बजेवाट विहान ४ बजेसम्म रुट अनुसार काठमाडौं महानगरमा दैनिक आठ घण्टा चल्ने भएको छ। जसवाट महानगरीय स्वस्थता र सुन्दरता कायम गर्न सहयोग मिल्ने मेयर शाक्यको दावी रहेको छ।

 

ब्रुमरले सडक सफा गर्नुको अलावा सडकका पेटी पनि मज्जाले सफा गर्ने बेग्लै खुवी रहेको छ। साथमा सडकमा धुलोसंगै सानातिना ढुंगा–ईट्टा पनि मज्जाले तानेर सफा गर्न सक्ने अर्को क्षमता भएकोले यो अत्यन्त उत्कृष्ट र टिकाउ ब्रुमर भएको दावी कंपनीका इञ्जिनियर प्रविण कुमारको रहेको छ।

      अर्कोतर्फ, आगामी तीनबर्षसम्म यी पांचवटा ब्रुमरको व्यवस्थापन तथा अप्रेसनको कार्य ब्रुमरको नेपाल वितरक वल्र्डवाइड ट्रेडिङ कंपनीले निःशुल्क गर्ने भएको छ। जसमा चालकको पनि भार काठमाडौं महानगरपालिकालाई नपर्ने भएको छ। आगामी तीन बर्षसम्म केवल यी ब्रुमरको लागि आवश्यक इन्धन मात्र उपलव्ध गराएमा पुग्ने जानकारी बरिष्ठ मेकानिकल इञ्जिनियर पुरुषोतम शाक्यले दिएका छन्।

       प्रत्येक ब्रुमरमा ५ सय लिटर क्षमताको पानी ट्यांकी पनि भएकोले सडक सफा गर्ने क्रममा पानीले स्प्रे गर्ने गर्दछ। जसका कारण सडक सफा गर्ने क्रममा सडकमा धुलो नउड्ने र सडक सुन्दर बन्ने निश्चित रहेको छ। एउटा ब्रुमरको सडक सफा गर्ने क्षमता ५० जना सफाई कर्मचारीले गर्नेभन्दा बढी क्षमता रहेको दावी पनि गरिएको छ।

ब्रुमर सञ्चालन हुने रुटहरुः

रुट नं. १ टेकुबाट शुरु गरेर सोल्टीमोड हुँदै कलंकीत्यसपछि सोल्टीमोड — टेकु — त्रिपुरेश्वर — सुन्धारा — नयाँ सडक — जुद्ध सालिक —महाङ्काल —जमल — लाजिम्पाट — शितलनिवास — शिक्षण अस्पताल —नारायण गोपालचोकसम्मको मुल सडक । त्यस्तै जमल — विश्वज्योति — घण्टाघर — भद्रकाली — सहिद गेट हुँदै सुन्धारासम्म
रुट नं. २. टेकुबाटत्रिपुरेश्वर — थापाथली — माइतीघर मण्डला — बबरमहल — बानेश्वर — तीनकुने हुँदै अन्तरराष्ट्रिय बिमानस्थल सम्म । त्यहाँबाट फर्किएर तीनकुनेबाट कोटेश्वर — जडिबुटीहुँदै पेप्सिकोलासम्म । पेप्सिकोला चोकबाट कोटेश्वर — नयाँबानेश्वर — बबरमहल — माइतीघर मण्डला — थापाथली — त्रिपुरेश्वर —  टेकु — कालीमाटी — बल्खु पुगेर त्यही सडकबाट फर्किएर — कालीमाटीहुँदै टेकुसम्म ।
रुट नं. ३ टेकुबाट त्रिपुरेश्वर — सुन्धाराहुँदै भोटाहिटी —विश्वज्योति — घण्टाघर — भद्रकाली — सिंहदरवारबाट पुतलीसडकतर्फको सडक । पुतली सडकबाट कमलादीमोड — हात्तीसार — जय नेपाल हल — दरबार मार्ग — कमलादी प्रज्ञा भवन पछाडिबाट काठमाडौं प्लाजासम्मको सडक । त्यस्तै दरबारमार्गमा रहेको महेन्द्रको शालिकबाट नारायणहिटीहँुदै केशरमहलचोक — त्यसबाट लाजिम्पाटतर्फ खानी तथा भूगर्भ विभाग अगाडिको चोक —नारायण हिटीको उत्तर गेट — गैरी धारा (प्रहरी हेड क्वाटर पछाडिको चोक) —  सभामुख क्वाटर — राष्ट्र बैक — प्रधानमन्त्री निवास (वालुवाटार) रसियन दूतावास हुँदै महाराजगञ्जस्थित वडा ३ कार्यालयसम्मको सडक । फकिँदा शितलनिवास — पानीपोखरीहुँदै लैनचौर — सोह्रखट्टे — बालाजु चोक (रिङ्गरोड) — सोह्रखुट्टेबाट — बिष्णुमती लिङ्क रोड — ईन्द्रायणी — नरदेवीपुलदेखि टेकुसम्मको सडक ।
रुट नं. ४. टेकुबाट पुतलीसडक — कमलपोखरी — ज्ञानेश्वर — मैतीदेवी — पुरानो बानेश्वर — सिनामंगल — एअरपोर्ट गेट — गौशाला — चाबहिल — होटल हायात चुच्चेपाटी — फर्किएर चाबहिल — गौशाला — बत्तीसपुतली— पुरानो बानेश्वर — मैतीदेवी — डिल्लीबजार — पुतलीसडक — प्रदर्शनी मार्ग — सिंहदरबार — माइतीघर मण्डला — थापाथली — त्रिपुरेश्वर — टेकु ।
रुट नं. ५. टेकुबाट त्रिपुरेश्वर — पोष्ट अफिस — न्यूरोड गेट — बसन्तपुर — ईन्द्रचोक — न्यूरोड —महाङ्काल — जमल — केशरमहलबाट त्रिदेवीमार्ग । ठमेलबाट फर्किएर दरबार मार्ग — घण्टाघर — भद्रकाली — सिंहदरवार — माइती मण्डला सिंहदरबारको दक्षिण ढोका । हनुमान स्थानबाट — थापागाउँ —अन्तराष्ट्रिय सम्मेलन केन्द्र — त्यहाँबाट पुरानो बानेश्वरतर्फ रत्नराज्य स्कूल — मध्यबानेश्वर — बत्तीस पुतलीचोक — मैतीदेवी — डिल्लीबजार — बागबजार — प्रदर्शनीमार्ग — भद्रकाली —त्रिपुरेश्वर हुँदै टेकु — बल्खु, कलङ्की — सीतापाइला — बालाजु — गोङ्गबु — नारायण गोपाल चोक — चाबहिल, ज्ञानेश्वर — डिल्लीबजार — बागवजार — पुरानो बस पार्क — त्रिपुरेश्वर — टेकु

प्रकाशन मिति–२०७५ साल चैत्र १२ गते मंगलवार ।