footsal 2काठमाडौ। फुटवल खेल्ने र खेलाउनेहरुको जमघटको प्रमुख थलोको रुपमा काठमाडौमा विकास हुंदैगएको फुटसलको संस्कृतिमा काठमाडौ प्रहरीले रोक लगाउने प्रयास गरेको छ।

काठमाडौ उपत्यकामा संचालित ७० भन्दा बढी फुटसल कोर्ट अनिश्चितकालका लागि बन्द गराइएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता विश्वराज पोखरेलले बताएका छन्।

footsal 3

जथाभावी शुल्क लिने तथा हो–हल्ला बढी हुने र पछिल्लो समय फुटसल जुवा खेलस्थलको रुपमा विकास भएको मात्र नभइकत लागूऔषध प्रयोग स्थल बनेको र स्कुल–कलेजका विद्यार्थीहरु स्कुल–कलेज नगइकन त्यतातिर लागेको कारण देखाएर अभिभावक लगायत फुटसल वरपरका छिमेकीहरुको उजुरीको आधारमा प्रहरीले अनुसन्धान गरेर अनिश्चितकालका लागि फुटसल संचालनमा रोक लगाइएको महानगरीय प्रहरी परिसरले भनेको छ।

प्रकाशन मिति–२०७२ साल पुष ३० गते विहीवार ।