Cold Weather 1काठमाडौ। अघिल्ला बर्षहरुमा भन्दा यो बर्ष काठमाडौमा चिसो निक्कै बृद्धि भएको छ। केही दिन यता लगातार काठमाडौको तापक्रममा ओरालो लागेको छ। आज विहीवार काठमाडौको तापक्रममा शुन्य डिग्रीमा झरेको छ।

विहीवार विहान ८ बजेर १५ मिनेटको समयमा गरेको तापक्रमको रेकर्डअनुसार शुन्य डिग्रीमा झरेको जलवायु तथा मौसम विभागले जनाएको छ। तापक्रम अझ घट्ने अनुमान विभागले गरेको छ। शुन्य डिग्रीमा झरेको काठमाडौको जनजीवनमा निक्कै असर परेको छ। चिसो बढ्ेको कारण प्राय सवै न्यानोको खोजीमा लागेको पाइन्छ।

यद्यपि, भारतीय नाकाबन्दीले हैरान बनेको काठमाडौमा इन्धनको त्यस्तै चर्को अभावले बैकल्पिक ऊर्जाको रुपमा विजुलीलाई लिने गरेको पाइएतापनि थप लोडसेडिङ्गको मारले बढ्दो चिसोले काठमाडौबासी हैरान बनेको पाइएको छ।

काठमाडौ लगायत देशभरकै मौसममा निक्कै चिसो बढ्ेको छ। चिसोले गर्दा भूकम्पपीडितहरु अझ धेरै मारमा परेका छन्। चिसोको कारण केही भूकम्पपीडितहरुको ज्यान गैसकेको छ। भूकम्पपीडितहरुका लागि न्याना कपडा खरिद गर्न सरकारले उपलव्ध गराएको १० हजार रुपैया पनि पीडितहरु समक्ष तत्काल पुगिरहेको अवस्था छैन्।

प्रकाशन मिति–२०७२ साल पुष ९ गते विहीवार ।