Holiko Chir uthan in Basantapurकाठमाडौ। आज बुधवार काठमाडौको बसन्तपुरमा तीनतल्ले चीर ठड्याएर नेपालभर होली पर्व प्रारम्भ भएको धार्मिक परम्परालाई निरन्तरता दिएको छ। 

नेपालको समयअनुसार विहान ७ बजेर ४७ मिनेटको साइतमा होलीको चीर ठड्याएको छ। बसन्त ऋतुको स्वागतको रुपमा मनाइने होली पर्वलाई साताव्यापी मनाइने प्रचलन रहेको छ।

यो बर्षको होली पर्व नेपालको पहाडी जिल्लाहरुमा चैत्र ९ गते र तराईका जिल्लाहरुमा चैत्र १० गते मनाइने भएको छ। होली पर्वलाई आपसी भाइचारा तथा सदभावको रुपमा लिइएको छ।

यस पर्वलाई भाइचाराको पर्वको रुपमा लिइएतापनि अनुमति बेगर फोहोर पानीजन्य बेलुन भरिएका लोला प्रहार गर्ने तथा जथाभावी अविर लगाइदिने विकृतिले सदभावलमा खलल आउने गरेको छ। यसो नगर्न र नगराउन हरेक बर्ष स्थानिय प्रशासनले कडा कानूनी चेतावनी दिने गरेको छ। यसतर्फ सचेत रहन पनि स्थानिय प्रशासनले भनेको छ।
प्रकाशन मिति–२०७२ साल चैत्र ३ गते बुधवार ।