Citymax Hall 2Citymax Hall 3काठमाडौ। नेपालमा पनि चलचित्र हेर्न लायकका स्तरीय चलचित्र हलहरु एक से एक छन्। ती कतिपय चलचित्र हलहरु शहरभित्र प्राइम लोकेशनमा रहेर पनि कतिपयलाई थाहा हुन नसकेको देखिएको छ। प्राइम लोकेशनको चलचित्र हलको बारेमा जानकारी नभएर नेपाली चलचित्रलाई माया गर्ने प्राय दर्शकहरु धेरै टाढा समय र श्रम अनि दाम खर्च गरेर गैरहेको पाइएको छ।

Citymax Hall 1

काठमाडौको मुटु बागबजारमा रहेको सिटीम्याक्स हलको बारेमा धेरैलाई त्यति थाहा नभैरहेको अवस्था रहेको छ। राम्रो सुविधासम्पन्न हल सिटीम्याक्स बागबजारको सिटीस्क्वायर बजारभित्र नै रहेको छ। पिके क्याम्पस र भक्तपुरको पुरानो मिनीबसपार्क वीचको सडकमा नै अवस्थित सिटीम्याक्स हलको शुभारम्भ भएको पनि लगभग दुईबर्ष पुगिसकेको जानकारी यस चलचित्र हलका हलमालिक प्रसिद्ध चलचित्र निर्माता देवेन्द्र खड्गीले दिएका छन्।

Devendra Khdgi 2

हलमालिक खड्गीका अनुसार, काठमाडौको मुटु बागबजारमा नै सुविधासम्पन्न चलचित्र हल चलाउने उदेश्यले नै दुईबर्षअघि सिटीस्क्वायर बजारको अवधारणा अनुरुप सिटीम्याक्स हल निर्माण गरिएको हो। दुई रोपनी जग्गामा फैलिएको सिटीम्याक्स हलमा दुईवटा हल रहेको छ। दुवै हलमा गएर अढाईसय सिट क्षमता रहेको छ। हलभित्र सुविधासम्पन्न बजारको अलावा हलमा नै क्याफे तथा रेस्पेसन्स र प्रोग्राम हलको बेग्लै व्यवस्था रहेको छ।

Devendra Khdgi City Saquare 7

पूर्णतया सेक्युरिटी सुविधा रहेको सिटीम्याक्स हलमा होमली बाताबरण रहेको छ। यस हलका कर्मचारीहरु हलमा चलचित्र हेर्न आउने दर्शकको सुविधाको लागि हरदम सेवारत रहने गरेको जानकारी पनि हलमालिक खड्गीले दिएका छन्। विशेषत टीनएजर युवा पुस्तालाई टार्गेट गरिएको सिटीम्याक्स हल परिसरमा डिस्कोथेक पनि यसै वर्षवाट शुरु गरिएको पनि हलमालिक खड्गीले भिजन संसारसंगको कुराकानीमा भनेका छन्।

Devendra Khdgi 8

सिटीम्याक्स हलको डिस्कोमा युवाहरुको विशेष आकर्षण रहेको छ। नेपाली चलचित्र तथा आदिवासी चलचित्रको प्रचार तथा प्रवद्र्धनमा हरपल अग्रपंक्तीमा देखिएको सिटीम्याक्स हलमा गत पुष महिनादेखि नेपालभाषा चलचित्र महोत्सव हुंदैआएको छ।

Devendra Khdgi 1

महिनाको अन्तिम हप्ताको शनिवार यस हलमा नेपालभाषा चलचित्र महोत्सवमा सहभागी एक चलचित्रको प्रदर्शन दिनभर हुने गरेको छ। त्यसदिन टिकट काटेर नेपालभाषाका चलचित्र हेर्न आउने दर्शकहरुलाई अर्कोदिनको नेपाली या हिन्दी चलचित्र हेर्नको लागि उपहार स्वरुप थप एउटा टिकट दिने गरेको जानकारी पनि हल मालिक खड्गीले दिएका छन्।

Devendra Khdgi City Saquare 6

नेपालभाषाका चलचित्र हेर्न आउने दर्शकहरुको लागि प्रोत्साहन स्वरुप सिटीम्याक्स हलले त्यसप्रकारको सुविधा दिइएको उनले भनेका छन्। सिटीम्याक्स हलको अवधारणालाई काठमाडौका विभिन्न स्थानमा विस्तार गर्ने क्रममा निकट भविष्यमा काठमाडौको अति व्यस्त सडक न्युरोडको पार्क प्लाजामा पनि हल संचालन गर्ने योजना पनि उनको रहेको छ।

प्रकाशन मिति–२०७२ साल फागुन २६ गते बुधवार ।
प्रकाशन समय–विहान ५ बजे ।