काठमाडौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रचार–प्रसारको अन्तिम दिन सोमवार नेपाली कांग्रेसका उम्मेदवारलाई काठमाडौमा बम प्रहार भएको छ।

काठमाडौ क्षेत्र नंबर ४ का प्रतिनिधिसभाको उम्मेदवार गगन थापालाई लक्षित गरेर बम प्रहार भएको प्रहरीले जनाएको छ। काठमाडौको बूढानिलकण्ठ चपली स्थित भंगाल महादेव कोलनी छेउमा कांग्रेसी उम्मेदवार थापालाई बम प्रहार भएको हो।

बम आक्रमणमा परेर थापा सहित १० जना घाइते बनेका छन्। दुईजनाको अवस्था गंभीर रहेको पनि प्रहरीले भनेको छ। थापासहित घाइते हुने सवैको उपचार त्रिविवि शिक्षण अस्पताल महाराजगन्जमा भैरहेको छ।

बम आक्रमणमा परी घार्इते भएका कांग्रेस नेता थापाले अस्पतालबाटै आफ्ना मतदाताहरुलार्इ यस्ता घटनाहरुबाट विचलित र आतंकित नहुन आग्रह गरेका छन्। बम आक्रमणवाट नेता थापाको कान र ढाडमा चोट लागेको छ।
्रप्रकाशन मिति–२०७४ साल मंसीर १८ गते सोमवार ।