makhanma-agalagi-1काठमाडौ। काठमाडौको अत्यन्त व्यस्त मखनको मखनगल्लीमा रहेको न्यू फेमस चेलीबेटी साडी र रेडिमेड पसलको गोदाममा आगलागी भएको छ।

makhanma-agalagi-5मंगलवार दिउंसो २ बजेर ५ मिनेटवाट विद्युत सट भएर शुरु भएको आगलागीलाई नियन्त्रणमा ल्याउन १ घण्टा लागेको महानगरीय प्रहरी बृत जनसेवाले भनेको छ।

makhanma-agalagi-4जनसेवा प्रहरीका प्रमुख डिएसपी सन्तोष आचार्यका अनुसार स्थानिय निरञ्जन स्थापितको घरको चौथो तलामा लागेको उक्त आगलागी जुद्ध बारुणयन्त्र, प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा ल्याइएको थियो।

makhanma-agalagi-2पसलधनी प्रकाश श्रेष्ठ र दीपक पाठकले आगलागीवाट करिब १ करोड २५ लाख बराबरको क्षति भएको बताएका छन्।

तस्वीर सौजन्य–शैलेश शाक्य लंग बरेजु

प्रकाशन मिति–२०७३ साल पुष १२ गते मंगलवार ।