Huri Batash 1काठमाडौ। काठमाडौ उपत्यकामा सांझ ६ बजेतिर एकाएक चलेको हुरीबतासले काठमाडौको जनजीवन केही समय प्रभावित बनेको थियो। जसको प्रत्यक्ष प्रभाव जारी नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा पनि पर्यो।

Huriko Tentसांझ चलेको हुरीबतासले काठमाडौको भृकृटीमण्डप स्थित मतदान केन्द्रमा मतदान भैरहेको बेलामा रडले लागेर तीनजना घाइते बनेका छन्। घाइते हुनेमा ओखलढुंगाकी सरिता राई, चितवनकी सिर्जना अधिकारी र सिराहाका राम यादव भएको नेपाली कांग्रेसले जनाएको छ।

हुरीका कारण प्रभावित मतपेटिकालाई प्रहरीले सुरक्षा दिएकोले कुनै गडबढी हुन पाएन। मतदान करिब–करिब सकिएको छ। मतगणना राति १० बजेवाट राष्ट्रिय सभागृहमा हुने भएको छ।
प्रकाशन मिति–२०७२ साल फागुन २३ गते आइतवार ।

प्रकाशन समय–राति ८ बजे।