banda-1काठमाडौ। सडकको तुलनामा भारतवाट जथाभावी सवारी आयात गरेर काठमाडौ उपत्यकाका सडकमा सवारी चाप बृद्धि गरेको र त्यसैको असर स्वरुप सडक विस्तारका नाममा जथाभावी स्थानियका घर भत्काउने कार्यको विरुद्ध आज बुधवार काठमाडौ उपत्यका बन्द गरिएको छ।

सडक विस्तारका नाममा कयन स्थानिय जनतालाई घरबार विहीन बनाउने राज्यको षडयन्त्र विरुद्ध काठमाडौ उपत्यका बन्द गर्न आफूहरु बाँध्य भएको सडक विस्तारपीडित संघर्ष समितिले जनाएको छ। राज्यको तह र तप्कासम्म पनि यस अमानविय कार्यविरुद्ध विभिन्न ज्ञापन पत्र तथा डेलिगेसन जाँदा समेत सुनुवाई नभएपछि बाँध्य भएर काठमाडौ उपत्यका बन्द गरिएको समितिले भनेको छ।

banda-2सडकमा गुड्ने अनियन्त्रित सवारीलाई नियन्त्रण नगरिकन हरेक बर्षजस्तो सडक विस्तारका नाममा स्थानियका घरबार भत्काउने कार्य विरुद्ध भएको बन्दको आँशिक प्रभाव परेको छ। स्थानिय बासिन्दाले आजको बन्दलाई पूर्ण साथ दिएका छन्। बन्दका कारण सडकमा सवारी साधन त्यति गुडेका छैनन्। शैक्षिक संस्थाहरु पनि पूर्ण रुपमा बन्द भएका छन्। छिटपुट रुपमा सवारी चलेपनि बन्दले सर्वसाधारण सवैलाई असर भने परेको छ।

प्रकाशन मिति–२०७३ साल पुस २० गते बुधवार ।