काठमाडौ। बरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङको प्रमुख आतिथ्यतामा म्युजिक भिडियोको सार्वजनिकरण भएको छ।

चर्चित लोकप्रिय गायिका पार्वती राईको गायन रहेको विलकुलै नयाँ गीत काठमाडौमा धरर मेलम्चीको पानी बोलको गीतको भिडियोको सार्वजनिकरण भएको हो।

प्रमुख अतिथि बरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङले स्वीच अन गरेपछि भिडियो रिलिज भएको हो।

विक्रम राईको शव्द तथा संगीत र पार्वती राईको गायन रहेको यस गीतको भिडियोमा मणि चाम्लिङ राई र रेखा लिम्बुको स्वभाविक अभिनय रहेको छ।

निर्देशन उमेश गुरुङले गरेका छन्। छायाँकन मेघराज मग्रान्तिको रहेको छ। भिडियो रिलिज कार्यक्रममा गायिका पार्वती राईको सरप्राइज जन्म दिन पनि मनाइएको थियो।


प्रकाशन मिति–२०७५ साल असार २५ गते सोमवार ।