काठमाडौमा एकाएक परेको भयानक पानीका साथमा देखिएको असिनाको बर्षा
काठमाडौमा एकाएक परेको भयानक पानीका साथमा देखिएको असिनाको बर्षा

काठमाडौ। जलवायु परिवर्तनको प्रभाव नेपालमा पनि परेको छ। काठमाडौ उपत्यकामा आज शुक्रबार राति भयानक पानी परेको छ।

राति नेपाली समय अनुसार ९ बजेर ४५ मिनेट जाँदा अकस्मात परेको पानीले असिनाको पनि बर्षा गरिदिएको छ।

विहान अलि चिसो महशुश गरिएतापनि दिउंसो एकाएक गर्मी महशुश गरिएको काठमाडौ उपत्यकामा राति एकाएक पानी पर्दा सवैले अनौठो महशुश गरेको पाइएको छ।

मेघ गर्जन सहितको पानी तथा असिनाको कारण केही बेर काठमाडौवासीलाई त्रसित बनाएको छ।
प्रकाशन मिति–२०७३ साल चैत्र ११ गते शुक्रबार ।