काठमाडौ। विसं.२०७२ साल बैशाख १२ गते नेपालमा आएको महाभूकम्पको पराकम्प आउने क्रम अझै पनि रोकिएको छैन्।

त्यो पराकम्प काठमाडौलाई केन्द्र विन्दू बनाएर गएराति गएको छ। गएराति २ बजेर २३ मिनेट जाँदा ३ दशमलव ६ म्याग्नेच्युटको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

परकम्पनको महसुस काठमाडौंका अधिकांश स्थानमा गरिएको थियो। तर, काठमाडौ मस्त निन्द्रामा रहेको कारण धेरैले चाल नपाएको बताइएको छ।

प्रकाशन मिति–२०७४ साल फागुन ९ गते बुधवार ।