old-vehicals

काठमाडौ। हरेक दिनजसो काठमाडौमा निक्कै सवारी साधनको जाम हुन थालेपछि नेपाल सरकारले काठमाडौमा २० बर्ष नाभेका सवारी साधन हटाउने योजना बनाएको छ।

यातायात व्यवस्था विभागले यही आउने फाल्गुण १७ गतेवाट २० बर्ष नाघेका सवारी साधन हटाउने भएको छ।

काठमाडौवाट २० बर्ष नाघेका सवारी साधन हटाएपछि आगामी दुई बर्षभित्र नेपालभरवाटै २० बर्ष नाघेका सवारीसाधन हटाउने योजना भएको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भनेका छन्।

मन्त्रीपरिषदको निर्णय अनुसार यो व्यवस्था लागू हुन लागेको जानकारी पनि महानिर्देशक श्रेष्ठले दिएका छन्।
प्रकाशन मिति–२०७३ साल कात्तिक १३ गते शनिवार ।