Bhukampa Pidit 1काठमाडौ। नेपालमा विनाशकारी महाभूकम्प गएको १७ महिना वितिसक्दा पनि सवै भूकम्प पीडितहरुले घर निर्माणको लागि राहत पाउन सकेका छैनन्। काठमाडौ उपत्यकाका भूकम्प पीडितहरु त अझ यस कुरामा अत्यन्त मारमा परेका छन्।

Bhukampa Pidit 3सरकार भूकम्प पीडितहरुको खोजीमा उपत्यका बाहिर हाल निक्कै केन्द्रित बनेको कारण काठमाडौ उपत्यका बाहिरका भूकम्पप्रभावित ११ जिल्लामा विहीवारसम्म ३ लाख ९६ हजार ८ सय ११ जनालाई घर बनाउनको लागि पहिलो किस्ताको नगद ५० हजार वितरण गरिसकेको पूर्नरनिर्माण प्राधिकरणले जनाएको छ। काठमाडौ उपत्यकाका तीन जिल्ला काठमाडौ, भक्तपुर र ललितपुर सहित १४ जिल्ला भूकम्पवाट अति प्रभावित सूचिमा रहेको छ।

Bhukampa ko chhap 2भूकम्पवाट प्रभावित बाँकी १७ जिल्लाको सर्वेक्षणका लागि दशैंपछि तयारी गरी तिहारपछि मात्र काम शुरु गरिने प्राधिकरणले भनेको छ। अतिप्रभावित भनिएको काठमाडौ उपत्यकाका काठमाडौ, भक्तपुर र ललितपुर जिल्लाका भूकम्पपीडितहरुलाई घर बनाउनको लागि पहिलो किस्ता रकमको ५० हजार दशैं तथा तिहार पछि मात्र वितरण गरिने भएको छ।

प्रकाशन मिति–२०७३ साल असोज १३ गते विहीवार ।