Raining in KTm1काठमाडौ। गएराति विहीवार रातिदेखि नेपालभर अविरल बर्षा भैरहेको छ। काठमाडौ उपत्यकामा विहानै देखि बर्षा भैरहेको छ। विहान ८ बजेदेखि परिरहेको बर्षा विहान ११ बजेसम्म पनि रोकिने छाँट देखिएको छैन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाले विहीवार राति देखि तीनदिनसम्म पूर्व र पश्चिम नेपालमा भारी बर्षा हुने अनुमान गरेअनुरुप बर्षा भैरहेको पाइएको छ। सामान्य सहित भारी बर्षा हुने संभावना भएकोले विभागले सर्वसाधारणलाई सतर्क रहन पनि भनेको छ।

विहीवार विहानैदेखि नेपालमा बंगालको खाडी र अरेबी सागरवाट एकै पटक जलवाष्पयुक्त बायु नेपाल प्रवेश गरेकोले मनसुन थप सक्रिय भएको विभागले जनाएको छ।

Raining in KTm2प्रकाशन मिति–२०७३ साल असार १७ गते शुक्रबार ।