4.काठमाडौ। मनोरंजन दुनियाँको उत्कृष्ट वेभसाइट काठमाडौ क्रेज डटकमले स्थापनाको पाँचौ बार्षिक उत्सवलाई फरक ढंगले शुक्रबार मनाएको छ। काठमाडौको गोकर्ण–११ भैरबचौर स्थित स्वस्थ समाज नेपालमा रहेका बालबालिकासंग खुशी साटेर काठमाडौ क्रेजले बार्षिक उत्सवलाई गरिमामय तथा महत्वपूर्ण बनाउने कार्य गरेको छ।

5.काठमाडौ क्रेज डटकमका अध्यक्ष तथा प्रवन्ध–निर्देशक एवम् बरिष्ठ फोटोपत्रकार कविन्द्रमान शाक्यको सभापतित्वमा भएको बार्षिक उत्सव कार्यक्रममा पूर्वमिस नेपाल उषा खड्गी, चलचित्र निर्माता तथा निर्देशक शोभित बस्नेत, नायिका रुपा खनाल, गायिका जुना प्रसाई, नायक सलोन बस्नेत लगायतको आतिथ्यता रहेको थियो। स्वस्थ समाज नेपालमा रहेका बालबालिकाहरुलाई महिना दिन पुग्ने खाद्य सामग्री लगायत स्कुले व्याग, कपी–कलम, खेल सामाग्री अतिथिको रुपमा पुगेका पूर्वमिस नेपाल उषा खड्गी देखि नायिका रुपा खनालसम्मले क्रमिक रुपमा वितरण गरेका थिए।

2.Ushaपूर्वमिस नेपाल उषा खड्गीले काठमाडौ क्रेज डटकमको बार्षिक उत्सव मनाउने बेग्लै परम्परावाट आफू निक्कै प्रभावित भएको र निकट भविष्यमा स्वस्थ समाज नेपालका बालबालिकाहरुको सहयोगार्थ आफू आवद्ध संस्थावाट सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गरेकी छन्। चलचित्र निर्माता तथा निर्देशक शोभित बस्नेतले स्वस्थ समाज नेपालले असहाय–अनाथ तथा अपाङ्गता भएका बालबालिकाहरुलाई संरक्षण दिएर लालन–पालन र शिक्षादिक्षा दिने कार्य गरेकोमा आभार व्यक्त गर्दै आफूले पनि सक्दो सहयोग गर्ने बताए। गायिका जुना प्रसाई आफू त निक्कै भावुक बनेको र काठमाडौ क्रेजको बेग्लै सामाजिक कार्यवाट प्रभावित बनेको भन्न चुकिनन्।

10नायिका रुपा खनाल स्वस्थ समाज नेपालमा रहेका १३ बर्षिय बौद्धिक अपाङ्गता भएका बालक सुरज श्रेष्ठको त्यो निश्कलंक हाँसो र खुशीमा काठमाडौ क्रेजको बार्षिक उत्सवको सफलता लुकेको पाएको भनेकी छन्। दुई बर्षको उमेरवाट हाउभाउ तथा बोल्न पनि नजानेका सुरजले काठमाडौ क्रेजले वितरण गरेको फुटवल अरु बालबालिकाले खेलेको देखेपछि निक्कै खुशी बनेका थिए। सुरजको अनुहारमा देखेको त्यो खुशी र उत्साहमा विगत चार वर्षदेखि लगातार काठमाडौ क्रेजले मनाएको बार्षिक उत्सवको भन्दा भिन्ने सन्तुष्टि मिलेको प्रतिक्रिया काठमाडौ क्रेजका अध्यक्ष कविन्द्रमान शाक्यले दिएका छन्।

6.हाउभाउ पनि खासै नबुझ्ने तथा बोल्न पनि नसक्ने सुरजको अर्को समस्या भनेको कतिखेर उनलाई ट्वाइलेट लाग्छ ? त्यो पनि उनलाई थाहा हुंदैन। एक किसिमको मस्तिष्क पक्षघातवाट बौद्धिक अपाङ्ग बनेका त्यही छोरो सुरजको त्यो स्थितिवाट विगत ११ बर्षदेखि झेलेर आफ्नो छोरोजस्ता धेरै असहाय–अनाथ तथा बौद्धिक अपाङ्गता भएका छोराछोरीलाई संरक्षण दिएर उनीहरुको उचित लालन–पालन गर्ने सोचले स्वस्थ समाज नेपालको गठन गरेको संस्थाका संस्थापक अध्यक्ष सीता श्रेष्ठले भनेकी छन्।

3.व्यक्तिगत र केही दाताहरुको सिमित सहयोगवाट संस्था चलिरहेको स्वस्थ समाज नेपालमा सरकार तथा विदेशी कुनै संघ–संस्थाको कुनै सहयोग नभएको स्पष्ट पार्दै अध्यक्ष श्रेष्ठले संस्थागत रुपमा पहिलो पल्ट काठमाडौ क्रेज आएर यसप्रकारको सहयोग गरेको स्पष्ट पारेकी छन्।

9.

11

8.

प्रकाशन मिति–२०७२ साल चैत्र १२ गते शुक्रबार ।