Mr.Prakash Man Singh-Sinior Leader of Nepali Congress.

काठमाडौ। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई ८ सय १८ मतले हराउदै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका छन्।

नेता सिंह १० हजार ९ सय ३६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी मिश्रले १० हजार १ सय १८ मत पाए। तेस्रो नम्बरमा रहेका वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले भने पाँच हजार ३ सय ३६ मत मात्र पाएका छन् । विजय लगत्तै प्रकाशमानले सबै मतदातालाई धन्यवाद दिएका छन्। उता रवीन्द्र मिश्रले समेत विज्ञप्ति सार्वजनिक गर्दै हार स्वीकार गरेका छन्।

Mr.Prakash Man Singh & Mr.Rabindra Mishra

झिनो मतको मतान्तरले प्रकाशमान सिंह जित्नु नै काठमाडौको शान बनेको छ। बीर गणेशमान सिंहको त्याग तथा तपस्याको प्रतिक भएको छ। झिनो नै मत भएतापनि काठमाडौ क्षेत्र नंबर १ का जनताहरुले प्रकाशमान सिंहलाई फेरि एकपल्ट जिताएर नेपाली कांग्रेसको गुम्न लागेको साखलाई जोगाइदिएको छ।

यसअर्थमा नेपाली कांग्रेस काठमाडौ क्षेत्र नंबर १ का स्थानीय जनताप्रति आभारी तथा सदा ऋणी बन्ने पर्दछ।
प्रकाशन मिति–२०७४ साल मंसीर २३ गते शनिवार ।