Pabitra Bajracharya and Sabina Aryal
Pabitra Bajracharya and Sabina Aryal

काठमाडौ। संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले काठमाडौं महानगरपालिकामा संयुक्त उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौं महानगरको मेयरमा संघीय समाजवादीका पवित्र बज्राचार्य उम्मेदवार बनेका छन् भने उपमेयरमा नयाँ शक्ति पार्टीकी सविना अर्यालको नाममा सहमति भएको छ ।

दुवै पार्टीले एउटै चुनाव चिन्ह मसाल लिएर मतदाता समक्ष जाने भएका छन् । मेयरका उम्मेदवार बज्राचार्य यसअघि विसं. २०४९ र २०५४ को स्थानीय चुनावमा एमालेबाट काठमाडौं महानगरपालिकाको वडा नम्बर २३ बाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनी अशोक राईहरुसँग एमाले छाडेर संघीय समाजवादी फोरममा गएका थिए ।

बज्राचार्य २०४३ को नगर पन्चायतको चुनावमा पनि तत्कालिन नेकपा मालेको तर्फबाट जनपक्षीय उम्मेदवार बनेर जितेका थिए । काठमाडौमा क्लिन व्यक्तित्वको रुपमा चिनिएका उनी खुद्रा व्यवसायी संघको अध्यक्ष तथा बिभिन्न सामाजिक संस्थाहरुमा समेत संलग्न रहेका परिचित अनुहार हुन् ।

अर्याल तत्कालिन एकीकृत माओवादीको केन्द्रीय सदस्य थिइन् । बाबुराम भट्टराईसँगै नयाँ शक्तिमा प्रवेश गरेकी हुन् ।

प्रकाशन मिति–२०७४ साल बैशाख १९ गते मंगलवार ।