Ishor Mand Dangol 9काठमाडौ। नेपालमा विशेष गरेर नेता भनेपछि नेपाली जनताले नाक खुम्च्याउने तथा उनीहरुको घटिया राजनीतिवाट वाक्क–दिक्क बन्ने गरेको पाइन्छ। यसले गर्दा अरुबेला कहिलेपनि नदेखिने त्यस्ता नेताहरु निर्वाचनको बेलामा दश औला जोडेर घरदैलोमा देखिनेलाई मुखभरिको जवाफ दिनेमात्र नभइकन दैलो नै बन्द गरिदिने कतिपय स्थानमा देखिएकै हो।

Ishor Mand Dangol 4

तर, स्थानीय निर्वाचनको रौनकतामा काठमाडौ महानगरपालिका वडा नंबर १५ स्थित स्थानीय मतदाताहरु भने एक स्थानीय नेतावाट निक्कै प्रभावित बनेको पाइयो। त्यो नेता मात्र नभइकन १५ वडाको राजनेताको रुपमा नै स्थापित बनेका वडाअध्यक्षका उम्मेदवार ईश्वरमान डंगोल देखिएको छ।

Ishor Mand Dangol 5नेकपा एमालेको सूर्य चिन्ह बोकेर चुनाव प्रचार–प्रसारमा तल्लिन रहेका ईश्वरमान डंगोल सवैको प्रिय नेता बनेको पाइएको छ। १५ वडामा प्रायको घरदैलोका चिनिएका नाम तथा अनुहार अनि समाजसेवी भएको नाताले पनि वडाअध्यक्षका उम्मेदवार ईश्वरमान डंगोल अत्यन्त प्रिय नेता बनेका हुन्।

Ishor Mand Dangol 3युवा देखि बृद्ध–बृद्धाका समेत प्रिय र चिनिएका डंगोल १५ वडाका डल्लु, स्वयम्भु, विजेश्वरी, चमती लगायतका टोलहरुमा पुग्दा उल्टै स्थानीयहरु फूलगुच्छाले स्वागत गर्न आउने तथा कतिपय बृद्ध–बृद्धा डंगोलले गरेका राम्रा कार्यहरुको तारिफ गर्दैै उनीसँग गला मिलाउन आउनेहरुको कुनै कमी देखिएन।

Ishor Mand Dangol 2यसअघि विसं.२०५४ सालमा भएको स्थानीय चुनावमा काठमाडौ महानगरपालिका वडा नंबर १५ बाटै वडाअध्यक्षमा निर्वाचन जितेका ईश्वरमान डंगोलले त्यो बेला र त्यसपछिका दिनहरुमा १५ वडालाई गरेको निश्पक्ष समाज सेवाको मूल्यांकन स्वरुप स्थानीयले यसपल्ट पनि त्यसको सम्मान प्रदान गरेका हुन्।

Ishor Mand Dangol 1नेकपा एमालेवाट काठमाडौ महानगरपालिका वडा नंबर १५ को वडाअध्यक्षको निर्वाचनमा निश्चित रुपमा विजयी बन्ने वडाबासीको आशा तथा भरोसा रहेको छ। वडाबासीको चाहना र विश्वासलाई अटल रुपमा कायम राख्दैअगाडि बढ्ने प्रतिवद्धता बोकेर आएका १५ वडाका वडाअध्यक्षका उम्मेदवार ईश्वरमान डंगोल १५ वडाको चौतर्फी विकासका लागि ज्यान फालेर लाग्ने कसम खान्छन्।

Ishor Mand Dangol 9यिनै वडाअध्यक्षका उम्मेदवार डंगोलका सारथीका रुपमा नेकपा एमालेवाटै महिला वडा सदस्य मैंयालक्ष्मी महर्जन, दलित महिला वडा सदस्य अनिता परियार, वडा सदस्य आनन्दराम गौतम र वडा सदस्य निमा घ्याम्छो तामाङ्ग रहेका छन्। 

प्रकाशन मिति–२०७४ साल बैशाख २१ गते विहीवार ।