Kathmandu Metropolicition City

काठमाडौ। स्थानीय निर्वाचनमा काठमाडौ महानगरपालिकाको १६२ पदका लागि ८८७ जनाको उम्मेदवारी परेको छ । वैशाख ३१ गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि मङ्गलबार रातिसम्म चलेको उम्मेदवारी दर्ताका क्रममा १६२ पदका लागि ८८७ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार प्रमुखमा २८, उपप्रमुखमा १३ र विभिन्न वडाका अध्यक्ष र सदस्यमा ८४६ जनाको उम्मेदवारी परेको छ। प्रमुख पदमा १२ जनाले राजनीतिक दलबाट उम्मेदवारी दर्ता गराएका छन् भने १६ जना स्वतन्त्र उम्मेदवार छन्।

उपप्रमुखमा राजनीतिक दलबाट सात जनाको उम्मेदवारी परेको छ भने छ जना स्वतन्त्र उम्मेदवार छन्। काठमाडौँ महानगरपालिकाका ३२ वडामा ३४० मतदान केन्द्र राखिएका छन् र यहाँ दुई लाख ७१ हजार २२१ मतदाता रहेका छन्।

काठमाडौँ महानगरपालिकाका ३२ वडाबाट पाँच÷पाँच जनाका दरले १६० चुनिने छन्। प्रमुख र उपप्रमुख गरी १६२ पदमा प्रतिस्पर्धा हुनेछ।
प्रकाशन मिति–२०७४ साल बैशाख २० गते बुधवार ।