पानीको मुहान सुक्दै जान थालेपछि काकाकुल बनेको काठमाण्डौमा बोरिङबाट उपलब्ध हुने पानी समेत सुक्दै गएको छ । इनार र बोरिङका पानीहरु सुक्न थालेपछि बजारमा पानीको माग ह्वात्तै बढेको छ । यसरी पानीको माग बढेपछि अहिले बजार मूल्य पनि अस्वभाविक रुपमा बढेको छ ।