Prime Minister Mr. Pushpa Kamal Dahal
Prime Minister Mr. Pushpa Kamal Dahal

काठमाडौ। जुँगाको लडाईले गर्दा कानून दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल नगएपछि बहिष्कार जस्तै हुन पुगेको छ। सर्वोच्च अदालतले ६५औं कानून दिवसको अवसरमा गरिएको कार्यक्रममा प्रधानमन्त्री दाहाल नपुगेपछि प्रधानन्यायाधीश सुशीला कार्कीसंगको जुँगाको लडाई प्रमाणित हुन पुगेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सर्वोच्च परिसरमा आयोजित कार्यक्रम प्रधानमन्त्री दाहाल, सभामुख ओनसरी घर्ती, कानुनमन्त्री अजयशंकर नायक र महान्यायाधीवक्ता रमण श्रेष्ठले बहिस्कार गरेका हुन्। कार्यक्रममा सरकारको तर्फबाट सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मात्र सहभागिता जनाएका थिए।

Sushila Karki in Kanoon Diwash

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीले राज्यका प्रमुख अंगहरु आग्रह–पूर्वाग्रहबाट निर्देशित हुन नहुने भन्दै आफू पनि त्यसप्रति सचेत रहेको बताइन्। तर, आफू कानुनले सुम्पिएको जिम्मेवारी पूरा गर्न पनि प्रतिबद्ध रहेको उनको भनाइ थियो। कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलगायतका उच्चपदस्थ व्यक्तित्वहरुको भने सहभागिता रहेको थियो ।
प्रकाशन मिति–२०७४ साल बैशाख २६ गते मंगलवार ।