Kabul Attack

काठमाडौ। अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान भएको आतंकवादी आक्रमणमा परी पाँच नेपाली घाइते भएका छन्।

इस्लामावादस्थित नेपाली दूतावासका अधिकारी घाइतेसँग निरन्तर सम्पर्कमा रहेका र उनीहरुको अवस्थाबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले उक्त दूतावासलाई निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस विषयमा नेपाल सरकारले उक्त आक्रमणको निन्दा गदै अफगान सरकार र त्यहाँका जनतामा हार्दिक सहानुभूति एवं समवेदना व्यक्त गरेको छ।

घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि सरकारले गरेको छ। उक्त आक्रमणमा परी ८० जनाको मृत्यु तथा अन्य ३५० जना घाइते भएका अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन्।
प्रकाशन मिति–२०७४ साल जेष्ठ १७ गते बुधवार ।